शनिबार, जेठ ५, २०८१

झन्डै ३ अंकले नेप्से बढ्दा १ अर्ब ५२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ ८ गते १५:३०

काठमाडौं । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन एक दशमलव ८५ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) पनि दुई दशमलव ८७ अंकले बढेर दुई हजार ५७ दशमलव ८५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६ अंकले बढेर तीन सय ९८ दशमलव २९ अंकमा चढेको छ ।

दुई सय २३ कम्पनीको ३३ हजार ६ सय ५७ पटकको कारोबारमा ३६ लाख ७८ हजार सात सय पाँच कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार दुई सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सातवटाको सूचक बढेर ६ वटाको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ५८ अंकले बढेर १३ सय ६४ दशमलव पाँच अंकमा चढेको छ । विकास बैंक समूहको सूचक आठ दशमलव सात अंकले बढेर तीन हजार सात सय ४५ दशमलव १९ अंकमा चढेको छ । जलविद्युत समूहको सूचक पनि ११ दशमलव ६१ अंकले बढेर दुई हजार चार सय ६४ दशमलव ९८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ६३ दशमलव ३१ अंकले बढेर नौ हजार चार सय ८१ दशमलव २७ अंकमा चढेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लघुवित्त र लगानी समूहको सूचक पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने १५ दशमलव १७ अंकले घटेर आठ हजार एक सय ९९ दशमलव ६९ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, उत्पादमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक घटेका छन् ।

नेप्सेमा बुधबार मन्दाकिनी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय २० रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ इक्विटी फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ५८ प्रतिशतले घटेर आठ रुपैयाँ ६२ पैसामा प्रतियुनिट सेयर किनबेच भएको छ ।

यसैगरी आज अरुण काबेली पावर लिमिटेडको प्रतिकित्ता चार सय ८३ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ९२ लाख ६६ हजार दुई सय ६९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया