शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ भदौ ९ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया