शनिबार, वैशाख २७, २०८२

टी-ट्वान्टी : नेपाल लगातार दोस्रो जितको खोजीमा 

नेपालखोज २०७९ भदौ १० गते ८:४७

काठमाडाैं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाली टिम ५ खेलको टी-ट्वान्टी सिरिज र ३ खेलको एक दिवसीयका लागि अहिले केन्याको राजधानी नैरोबीमा रहेको छ । आज नेपाली टिमले घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छ ।

पहिलो खेलमा बिहीबार ५ विकेटको जीत दर्ता गरेको नेपाल आज पनि जित निकाल्दै सिरिजमा २–० को अग्रता लिने लक्ष्यमा हुँदा, लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको केन्या भने पहिलो जितको खोजिमा रहने छ ।

सन् २०१० पछि केन्याले घरेलु मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ । तेस्रो टी-ट्वान्टी आइतबार हुने छ भने चौथो सोमबार र पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार आयोजना हुने छ । त्यसपछि नेपालले ३ म्याचको एक दिवसीय सिरिज पनि खैल्ने छ  ।

प्रतिक्रिया