शुक्रबार, पुष ४, २०८२

सुनचाँदीकै मूल्य स्थिर

नेपालखोज २०७९ भदौ १० गते १०:४४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ स्थिर रहेकाे छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया