अध्यक्ष दाहालले भने- नागरिकता विधेयक पारित हुन्छ

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताए । विराटनगर विमानस्थलमा उनले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको छ, अब पारित हुन्छ ।
अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताए । उनले भने, ‘विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।’
अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक संकट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा संकट नआउने स्पष्ट परे । उनले भने, ‘बाहिर त केके संकट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।’
आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उनले स्पष्ट पारे । उनले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने जानकारी दिए ।








प्रतिक्रिया