मंगलबार, वैशाख १६, २०८२

शनिबार यस्ताे कार्यले शनिदेव हुन्छन् प्रसन्न

नेपालखोज २०७९ भदौ ११ गते ५:००

न्यायका देवता शनिदेवले मानिसको राम्रो र नराम्रो कर्म अनुसार फल प्रदान गर्नुहुन्छ । शनिबारलाई शनिदेवको दिन मानिन्छ । शनिदेवको कृपा प्राप्त गर्न शनिबारको दिन केही विशेष उपाय अपनाउनुपर्छ । शनिबार स्नान आदिबाट निवृत्त भएर कालो रंगको कपडा लगाउनुस् । विधि अनुसार शनिदेवको पूजा गर्नुहोस् । शनि यन्त्रको पनि पूजा गर्नुहोस् । यसो गर्नाले जागिर, पैसा वा व्यापार सम्बन्धी समस्या समाप्त हुन्छ ।

भगवान् शिव शनिदेवका गुरु हुनुहुन्छ । शनिबारको दिन भगवान् शिवको पूजा गर्नाले शनिदेवको पनि आशीर्वाद मिल्छ । हनुमानजीको पूजाका लागि पनि शनिबार विशेष मानिन्छ । शनिबार हनुमान चालिसाको पाठ गर्नाले हरेक दुखबाट मुक्ति मिल्छ । जीवनमा उन्नतिको हुन्छ । शनिबारको दिन तिल वा तोरीको तेलको छायाको भाँडो दान गर्नुपर्छ । शनिबारको दिन कालो कुकुरलाई तोरीको तेलमा रोटी खुवाउनुहोस्, यसले संचित धनमा वृद्धि हुन्छ ।

शनिबार पिपलको रुखमुनि दियो बाल्नुहोस् । हरेक शनिबार बिहान र बेलुका तुलसीको बोटमा दियो बाल्नुहोस् । शनिदेवको मन्दिरमा तोरीको तेलको दियो बाल्नुहोस् र शनिदेवलाई कालो तिल पनि चढाउनुहोस् । शनिबार खाँचोमा परेकाहरूलाई मद्दत गर्नुहोस् । यसो गर्नाले शनिदेव प्रसन्न हुन्छन् । शनिबार फलाम, कालो वस्तु, छाता, दाल, छालाको जुत्ता किन्नु हुँदैन । शनिबार गहुँ पिसेर त्यसमा कालो चना मिसाएर खाने ।

यसले आर्थिक समृद्धिको वरदान दिन्छ । यस दिन कसैसँग झुट बोल्न, धोका दिनु, कसैलाई अपमानित गर्नु हुँदैन । यसो गर्दा शनिदेव क्रोधित हुन्छन् । शनिबारको दिन फलामका सामान किन्नु हुँदैन । यस दिन नुन पनि प्रयोग गर्नु हुँदैन । शनिबार झाडु किन्नु शुभ मानिन्छ ।

प्रतिक्रिया