आइतबार, मंसिर १७, २०८०

चुनाव जित्नेहरु-५

नेपालखोज २०७९ मंसिर ९ गते ११:१२

भारि मतान्तरले बिजयी भए पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । खड्का ४२,६०७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाहीले ३०,९८८ ले मत प्राप्त गरेका छन् । उनिहरु बिच ११,६१९ मतको ठुलो अन्तर छ ।

मुख्यमन्त्री अब सांसद

बागमती प्रदेशका मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे धादिङ – १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७,९८१ को ठुलो मतान्तरले पराजित गरेका हुन् । निर्वाचन परिणाम अनुसार पाण्डेले ३५,९३४ मत प्राप्त गरेका छन भने त्रिपाठीले २७,९५३ मत प्राप्त गरेका छन । यसैगरि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२,४७५ तथा मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङले ८८२ मत प्राप्त गरेका छन ।

बिद्रोह गरेर बिजय

डा. अमरेश कुमार सिंह स्वतन्त्र उम्मेदवारका रुपमा रौतहटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सिंह कांग्रेसका बिद्रोहि उम्मेदवार पनि मानिन्छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १,७६५ मतले पछाडि पार्दै जित हात पारेका हुन् । सिंहले २०,०१७ मत प्राप्त गरेका छन भने रायले १८,२५२ मत प्राप्त गरेका छन । यसैगरि स्वतन्त्र उम्‍मेदवार मधुमाला कुमारी यादवले १४,६२२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

दिपक गिरीले ठुलो मतान्तरमा हराए कोमल वलीलाई

नेपाली कांग्रेसका नेता दीपक गिरी दाङ – ३ बाट निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी कोमल वलीलाई ७,८१० मतको ठुलो अन्तरले हराएका हुन । गिरीले ३६,८४२ मत प्राप्त गरेका छन । यो चुनावी प्रतिस्पर्धामा ओली २९ ,०३२ मत मै खुम्चिएकि थिईन । गिरीको यो दोस्रो जित हो । २०७० सालमा चुनाव जितेर उनी सिँचाइ मन्त्री समेत भएका थिए भने गिरी २०७४ सालमा एमालेका उम्मेदवारसँग पराजीत भएका थिए ।

विनोद चौधरी जित्दा हृदयेश त्रिपाठी हारे

नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति घोषित मत परिणाम अनुसार चौधरीले २९,४९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२,३०८ मत मात्र जोडन सके । नेकपा एमालेले त्रिपाठीलाई समर्थन गर्दै उक्त क्षेत्रमा उम्मेदवारी दिएको थिएन । नवलपरासी पश्चिम–१ को निर्वाचन परिणाम अनुसार तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२,४९९ मत प्राप्त गरेका छन् ।

तेस्रो जितमा नरेन्द्र कुँवर

बैतडीमा नेकपा एमालेका दामोदर भण्डारीले माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै लगातार तेश्रो जीत हासिल गरेका छन् । भण्डारीले ३३,६११ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२, ०८० मत ल्याएका छन । भण्डारी र कुँवर बिच १,५३१ को मतान्तर छ ।

ठुलो मतान्तरमा हारे चक्रपाणि खनाल

कपिलवस्तु – १ बाट नेकपा एमालेका बलराम अधिकारी निर्वाचित भएका छन् । अधिकारीले आफ्ना निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चक्रपाणि खनाललाई १८,४२९ को ठुलो मतान्तरले हराएका हुन् । निर्वाचन परिणाम अनुसार बलरामले ३६,६१९५ मत प्राप्त गरेका छन भने खनाल १८,१९० मतमा खुम्चिएका छन ।
यसैगरि कपिलवस्तु – १ मा जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८,३९३ , नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५,६३६ , राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर रायमाझीले ४,२२३ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३,१६३ मत प्राप्त गरेका छन।

भारि मतान्तर बिच रामनाथको जित

धादिङ – २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी ३४,४८३ मतका साथ विजयी भएका छन् । अधिकारीका प्रतिद्वन्दी एमालेका खेम लोहनी २३, ९५० मत मै रोकिए । उनीहरुबीच १० हजार ५३३ मतान्तर छ ।

रौतहट – ४ मा नेपाली कांग्रेस

रौतहट – ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार तिमल्सेनाले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

सिटौलालाई फेरि हराए लिङ्देनले

झापा – ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले ४०,६६२ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७,३८६ मत प्राप्त गरेका छन । झापा – ३ मा लिङ्देनक‍ो यो दोस्रो जित हो । २०७४ को निर्वाचनमा पनि लिङ्देनले सिटौलालाई नै पराजीत गरेका थिए ।

सुरेन्द्र पाण्डेलाई हराउँदै ढकाल

चितवन – १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा , एमालेका चर्चित नेता सुरेन्द्रप्रसाद पाण्डेलाई ७,५८१ अंकको फराकिलो मतले पछाडि पार्दै ढकाल निर्वाचित भएका हुन् । ढकालले ३४,१८९ मत प्राप्त गरेका छन् भने पाण्डे २६,६०८ मतमा सिमित भएका छन । यसैगरि तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४,९०९ मत प्राप्त गरेका छन ।

स्वतन्त्र उम्‍मेदवार साहको जित

रौतहट-२ मा स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले जित हात पारेका छन । साहले आफ्ना निकटतम प्रतिद्वन्दी कांग्रेसका मोहम्मद फिरदोस आलमलाई ४,५९४ मतान्तरले पराजित गरेका हुन् ।
साहले ३२,८४२ मत प्राप्त गरेका छन । बिबादास्पद कांग्रेस नेता अफताव आलमका छोरा फिरदोस आलमले भने २८,२४८ मत प्राप्त गरे ।

नागरिक उन्मुक्तिकि अध्यक्ष श्रेष्ठको सानदार जीत

कैलाली – १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले ३०,४०० प्राप्त गरेकी छिन् । उनकि निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामजनम चौधरीले १८,०८१ मत मात्र प्राप्तगर्न सके । रञ्जिता श्रेष्ठ चौधरी जेलमा रहेका थारु नेता रेशम चौधरीकि श्रीमती हुन ।

कांग्रेसका गौतम बिजयी

नेपाली कांग्रेस संजय कुमार गौतम बर्दिया-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । गौतमले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४,४५६ मतले पछाडि छोडेका छन । गौतमले ३०,६११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता ज्ञवालीले २६,१५५ मत मात्र ल्‍याउन सके ।
बर्दिया-१ का अन्य उम्मेदवारमा नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३,९९३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११,००४ जनमत पार्टीका सोहराव पठानले २,३५५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर सिंहले २,२६६ तथा जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत प्राप्त गरेका छन ।

प्रभू साह बिजयी

प्रभू साह रौतहट -३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्‍य निर्वाचित भएका छन् । साहले अर्का स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७,२३७ मतान्तरले पराजित गरेका छन् । साहले ३२,४३७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी जयसवाल २५,२०० मतमा सिमित भएका छन । रौतहट -३ माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३,६५८ मत मात्र जोडन सके ।

शान्तालाई पराजित गरे मेटमणिले

दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । चौधरीले २६,५६३ मत प्राप्त गर्दै एमाले उम्मेदवार शान्ता चौधरीलाई पराजित गरेका हुन । मेटमणि र शान्ता बिच ५,०८४ मतको अन्तर छ । शान्ताले २१,४७९ मत प्राप्त गरेकि छिन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३,७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीकि गंगा चौधरी सत्गौवाले १,०९२ मत प्राप्त गरेकि छिन् ।

फेरि बसन्त नेम्वाङ

नेकपा एमालेका बसन्तकुमार नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतको झिनो अन्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२,११० मत प्राप्त गरेका छन भने आङ्देम्बेले ३२,०६३ मत प्राप्त गरेका छन । नेम्वाङ यसअघि पनि पाँचथर बाटै सांसद भएका थिए ।

पराजित भईन बिना मगर

कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । बिहीबार राति सम्पन्न मतगणना अनुसार तामाङले २४,८९२ मत प्राप्त गरेका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५,५४६ मतान्तरले पराजित गरेका हुन् । प्रचण्डकि बुहारि तथा माओवादी नेतृ बिनाले १९,३०६ मात्र जोडन सकिन । बिना यसअघि सोही क्षेत्र कि सांसद थिईन ।

राई लाई हराउँदै किराँती

भोजपुरको एक मात्र प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका सुदन किराँती निर्वाचित भएका छन् । बिहीबार राति सम्पन्न मतगणना अनुसार किराँतीले २८,५७८ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६,१९३ मत प्राप्त गरेका छन । राई पुर्व मन्त्री तथा प्रदेश – १ को पुर्व मुख्यमन्त्री हुन ।

प्रतिक्रिया