चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी
नेपालखोज
२०७९ भदौ ११ गते १२:५४

रुपन्देही । सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् ।
बुटवलमा शनिबार आयोजना गरेको साक्षात्कारमा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री चौधरीले संंविधानविरोधी तत्त्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए ।
सम्बन्धित








प्रतिक्रिया