रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन !
नेपालखोज
२०७९ भदौ ११ गते १३:१२

काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्सले यही भदौ सात ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन– रिलायन्स साथी क्षेत्र ४ बिराटनगर, सफलतापूर्वक ईटहरीमा सम्पन्न गरेको जानकारी दिएको छ ।
उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थिति रहेको थियो । त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीर बहादुर श्रेष्ठ र क्षेत्र प्रबन्धक क्षितिज घिमिरे पनि उपस्थित रहेका थिए ।
सोही कार्यक्रममा प्रेरक प्रशिक्षक वीपी. रेग्मीले आङ्खनो भनाई र उद्धरणहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पूर्ण मानिसहरुको ध्यानाकर्षण गरेका थिए । हरेक बर्ष प्रत्येक क्षेत्रमा गरिदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि बिभिन्न तालिम दिइएको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया