मंगलबार, पुष १, २०८२

बल्खु खोलामा पानीको सतह बढ्याे

नेपालखोज २०७९ भदौ १२ गते ९:०६

काठमाडाैं । काठमाडाैंको बल्खु खोलामा पानीको सतह बढेको छ । विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा पस्न सक्ने महाशाखाको आकलन छ । सो नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया