विशेष प्रस्तावहरु पारित गर्दै सकियाे शिवम् सिमेन्ट्सकाे साधारण सभा

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । भाद्र १० गतेका लागि बोलाइएको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो । उक्त सभा कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसी संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो ।
विशेष साधारण सभाबाट कम्पनीको प्रवन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएका छन । उपरोक्त संशोधन पश्चात कम्पनीको संचालक समितिको संख्या ७ (सात) जनाबाट ६ (छ) जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढि सेयरधनीहरुको उपस्थितिमा साधारण सभा संचालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।
सर्वसाधारणका लागि आईपीओ निस्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओपीसी मात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ ।
‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीकोको मामलामा नो कम्प्रमाईज’, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।








प्रतिक्रिया