युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा, बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा

नेपालखोज २०७९ भदौ १३ गते ८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया