रुकुम पश्चिममा पहिरोले पुरिँदा आमाछोरीको मृत्यु, १ छोरी घाइते
नेपालखोज
२०७९ भदौ १३ गते १०:२९

काठमाडौं । रुकुम पश्चिममा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । एकजना घइते भएका छ । मृत्यु हुनेमा ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया कान्छी छोरी प्रतीक्षा राना रहेका छन् । ७ वर्षीया जेठी छोरी तिर्सना राना भने घाइते भएकी हुन् ।
घाइते तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार माइतबाट दर खाएर घर फर्कने क्रममा पहिरोले पुरेर उनीहरुको मृत्यु भएको छ ।
आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया