शनिबार, वैशाख २७, २०८२

सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु हाे : मन्त्री गहतराज

नेपालखोज २०७९ भदौ १३ गते १६:०३

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु रहेको बताएका छन् ।

पछिल्लो गतिविधिबारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारेका हुन ।

देशभरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भइरहेकोतर्फ इंगित गर्दै मन्त्री अथकले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताएका हुन् ।

नागरिकहरुको शान्ति सुरक्षा र उनीहरुको व्यवस्थापन गर्ने दायीत्व सरकारको रहेको उल्लेख गर्दै मन्त्री अथकले सस्तो लोकप्रियताका लागि जनतालाई दुःख दिनु उपयुक्त नहुने बताए ।

देशभर अव्यवस्थित रुपमा रहेका संरचनाको व्यवस्थापनका लागि सरकारले प्रभावकारी निति बनाइरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय नगर्न नहुने प्रतिक्रिया समेत दिएका छन् ।

उनले वार्ता र संवादबाटबाट सबै खालका समस्याहरु समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया