कामना सेवा र हिबाची प्लेसबिच सम्झौता
नेपालखोज
२०७९ भदौ १३ गते १६:०८

काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबिच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बिश्वास बैंकले गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया