शुक्रबार, वैशाख २८, २०८१

कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

नेपालखोज २०७९ भदौ १३ गते १६:४४

काठमाडौं । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ३ अनतर्गत बागमती क्षेत्र कुरिन्टारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम स्थापना गरेको छ । यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम भएकाे कम्पनीले बताएकाे छ ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रमुख अन्जनी कुमारी पोखरेल, काली वहादुर गण भरतपुर का गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आपँटारीका सशस्त्र प्रहरी उपरिक्षक मनोज थापा, राष्ट्रिय अनुशन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजङ्ग चन्द, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले र अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा द्वारा अन्य स्थानीय प्रतिनिधिहरु सहित संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठकाअनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस्को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए।

प्रतिक्रिया