आज हरितालिका तीज, शिवालयहरुमा दर्शनार्थीको भिड
नेपालखोज
२०७९ भदौ १४ गते ७:३७

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आज व्रत बस्दा मनोकामना पूरा हुने विश्वास रहेको छ । यस अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा वर्तालु भक्तजनको भीड लाग्ने गर्छ ।
सम्बन्धित
प्रतिक्रिया