अवैध सामानसहित तीन भारतीय पक्राउ
नेपालखोज
२०७९ भदौ १४ गते १३:४९

सप्तरी । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार रुपैयाँ बराबरको अवैध सामानसहित तीन भारतीय पक्राउ परेका छन् ।
अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा २ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका ५ र शम्भुनाथ नगरपालिका १२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
भन्सार छली अवैधरुपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।
पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।-रासस
सम्बन्धित








प्रतिक्रिया