बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०७९ भदौ १४ गते १९:५७

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राजेश सुनुवार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार पक्राउ सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल ललितपुर बस्दै आएका ५६ बर्षिय सुनुवारलाई सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सुनुवारले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी जाहेरवाला दिपक थापालाई पाँच लाख रुपैंयाँको चेक दिएका थिए ।
उक्त चेक नसाटिएर बाउन्स भएपनि थापाले सुनुवार बिरुद्ध जाहेरी दर्ता गराएको उक्त कार्यालयले जानकारी दिएको छ । सोही जाहेरीका आधारमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया