बुधबार, पुष २, २०८२

साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ७७ पैसा, बिक्रीदर ३३ रूपैयाँ ९३ पैसा

नेपालखोज २०७९ भदौ १५ गते ८:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ७७ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया