बेकोको दशैं तिहार योजना बजारमा सार्वजनिक

काठमाडौं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै बेको सँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ।
साथै बेको को रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा ४ हजार रुपैयाँ बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ ।
उक्त योजना भाद्र १०, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जानकारी दिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।

प्रतिक्रिया