धादिङमा डेंगुका बिरामी बढ्दै

नेपालखोज २०७९ भदौ १६ गते १४:२२

धादिङ । यहाँ डेंगुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मंगलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए ।

अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेंगुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ ।

डेंगु संक्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका २ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेंगु संक्रमणपछि मृत्यु भएको थियो । -रासस

प्रतिक्रिया