एक्जिम बजार प्रर्दशनीमा नेपाल हस्तकला महासंघले सहभागिता जनाउने

काठमाडौं । नेपाल हस्तकला महासंघले यही सन् २०२२ को सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको एक्जिम बजार २०२२ प्रदर्शनीमा सहभागिता जनाउने भएको छ ।
परम्परागत, समकालिन लगायत हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट बस्तु एवं बजार प्रवर्दनमा सहयोगपुर्याउने उद्देश्यले सो एक्जिम बजार प्रदर्शनी भारतको विभिन्न शहरहरुमा आयोजना हुँदै आई रहेको छ ।
यस पटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा नेशनल क्र्याफट म्युजियम एण्ड हस्तकला एकेडेमी, न्यु दिल्लीमा हुन लागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्धारा मैन मुर्ति कलाकार मनोज शाक्य, रिपाउज र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्र बहादुर शिल्पकार, रेशा जन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्य गरी जम्मा ५ जना महासंघका सदस्यहरुले प्रतिनिधित्व गर्नेे बताइएकाे छ ।








प्रतिक्रिया