सोमबार, जेठ ७, २०८१

अपराध-सुधार पुस्तक लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ भदौ १६ गते १६:३२

काठमाडौं । अपराध-सुधार पुस्तक लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ । क्विन्स किचेन अनामनगरमा एक कार्यक्रम आयोजना गरी अपराध-सुधार अन्तर्राष्ट्रिय कवितासङ्ग्रहको विमोचन सम्पन्न गरिएकाे हाे ।

अपराधमुक्त समाजको अपेक्षा र स्वच्छ मानवीय सभ्यताको उदेश्य राखेर ११२ जना कविहरूद्वारा रचित कविता सङ्ग्रहलाई नाफा म्याडीसन साहित्य, विसकनसिन, अमेरिकाले प्रकाशन गरेको छ ।

अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा रहेका थिए भने विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्रा,डा‍. खगेन्द्रप्रसाद लुइटेलकाे सहभागिता रहेकाे थियाे ।

अन्य अतिथिहरूमा सीमाविद बुद्दिनारायण श्रेष्ठ लगायत अन्य थुप्रै विशिष्ट साहित्यिक व्यक्तित्वहरू र साहित्य सर्जकको उपस्थिति थियो मधु पाठकले सन्चालन गरेकाे कार्यक्रममा रन्जना निरौलाले स्वागत भाषण गरेकी थिइन् । लोकार्पित पुस्तक ‘अपराध‍-सुधार’ बाट पाँच जना कविहरू ऋषवदेव घिमिरे, रामगोपाल आशुतोष, जानु धिताल शेखर ढुङ्गेल सुमन वर्षाले कविता वाचन गरेका थिए ।

पुस्तक प्रकाशनको रचना गर्भबारे अपराध सुधारका लागि नोट खारेज अभियानका अभियन्ता एकबहादुर क्षेत्रीले प्रकाश पारेका थिए ।

प्रमुख अतिथि केदारभक्त माथेमाले नेपालमा भ्रष्टचार कल्चरको रुपमा विकास भएको छ यसलाई तोडन साहित्यकार लेखक र कलमवालाले रचनाद्वारा विरोध र प्रतिरोध गर्दै समाज जागृत गर्नुपर्ने धारणा राखेका थिए भने भ्रष्टचारका अनेकन रूप परिकार र स्वभावको चर्चा गर्दै प्राडा खगेन्द्रप्रसाद लुइटेलले समयको महत्त्व र गरिमा भुल्नु पनि भ्रष्टचार रहेको दृष्टान्त पेश गर्दै भाषिक अपराधमा आँखा चिम्लेर बस्न नहुनेतर्फ सचेत गराएका थिए ।

प्रतिक्रिया