कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरको गोली हानी हत्या
नेपालखोज
२०७९ भदौ १६ गते २१:५८

नयाँदिल्ली । भारत हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँचजनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले बिहीबार गोली हानेका छन् । पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले घटनाबारे जानकारी दिएका छन् । उनी कपडा किन्न पसलमा गएका थिए ।
भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्वअध्यक्ष सुखवीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया