डाइभर्सनमै पहिरो खसेपछि बुटवल–पाल्पा सडक खण्ड फेरि अवरुद्ध, यात्रु अलपत्र
नेपालखोज
२०७९ भदौ १७ गते ८:२९

काठमाडाैं । सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडक खण्ड पुनः अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन पुनः अवरुद्ध भएको हो ।
निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो ।
डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
सम्बन्धित

प्रतिक्रिया