मंगलबार, पुष ८, २०८२

सीबीआईएल क्यापिटलद्वारा उच्चतम प्रतिफलका लागि पीएमएफ योजना सुरु

नेपालखोज २०७९ भदौ १७ गते ११:५९

काठमाडौं । सीबीआईएल क्यापिटल प्रालीले उच्चतम प्रतिफलको लागि लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सिबिआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड (पिएमएफ) सुरु गरेको छ ।

कम्पनीका अनुसार सिबिआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड (पीएमएफ) एउटा पृथक एवम् नविनतम् अवधारणमा आधारित योजना हो, यसले ग्राहकहरुलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस योजनाका अन्र्तगत न्युनतम लगानी तीन लाख रुपैंयाँ वा उक्त रकम बराबरको सेयर लगानी गर्न सकिने छ । न्युनतम अवघि दुई वर्ष तोकिएको योजनाको वार्षिक सेवा शुल्क शून्य दशमलव ५० प्रतिशत तोकिएको छ । योजनाको बिशेषताहरुमा दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित, अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन (आईपिओ, एफपिओ) लगानी गरिने लगायतका रहेका छन् ।

कम्पनीका अनुसार नीति तथा नियमको अधिनमा रहि सिबिआईएल पोर्टफोलियो अफ म्युचुअल फण्ड (पीएमएफ)लाई लगानीकर्ताहरु समक्ष ल्याएको हो । दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिन्छ ।

यो सेवा लिनको लागि ग्राहकहरुले सीबीआईएल क्यापिटल लि,बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लिको डिल्लीबजार स्थित कार्यालयमा सम्पर्क गर्न ससकिने कम्पनीले जनाएको छ । साथै, यस योजना सम्बन्धी थप जानकारीको लागि मोबाइल नंः ९८१८९७०९२२ वा इमेलमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया