शनिबार, वैशाख २७, २०८२

झन्डै २ अंकले नेप्से घट्दा ६९ करोड ८८ लाखको कारोबार

नेपालखोज २०७९ भदौ १७ गते १५:१८

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि नेप्से घटेको छ । अघिल्लो दिन एक दशमलव शून्य आठ अंकले घटेको नेप्से शुक्रबार पुनः एक दशमलव ६७ अंकले घटेर १९ सय ७० दशमलव ६२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले घटेर तीन सय ८३ दशमलव २० अंकमा झरेको छ ।

नेप्सेमा शुक्रबार दुई सय १९ कम्पनीको १३ हजार तीन सय नौपटकको कारोबारमा १८ लाख एक हजार दुई सय ७३ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा शुक्रबार १३ समूहको कारोबार भएकामा १० समूहको सूचक घटेर तीनवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ७६ अंकले घटेर १३ सय २७ दशमलव तीन अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि नौ दशमलव ६४ अंकले घटेर ३५ सय नौ दशमलव ६८ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि पाँच दशमलव एक अंकले घटेर १६ सय ६७ दशमलव ७७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ३१ दशमलव एक अंकले घटेर सात हजार नौ सय ३८ दशमलव ४९ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि पाँच दशमलव ६८ अंकले घटेर नौ हजार दुई सय ७५ दशमलव ८९ अंकमा झरेको छ । ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् । जलविद्युत् समूहको सूचक भने शून्य दशमलव ९४ अंकले बढेर २२ सय ५४ दशमलव ५५ अंकमा चढेकामा अन्य र लघुवित्त समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज सपोर्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ८० प्रतिशतले बढेर १४ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ लगानी वृद्धि योजना २ को प्रतियुनिट सेयर मूल्य भने ६ दशमलव १६ प्रतिशतले घटेर आठ रुपैयाँ २३ पैसामा कारोबार भएको छ ।

यसैगरी नेपाल टेलिकमकोे भने आज नौ सय १२ रुपैयाँ अन्तिम मूल्यमा १० करोड चार लाख ९८ हजार आठ सय ४८ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया