कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, बोर्ड बैठक अपराह्‌न साढे ४ बजे

नेपालखोज २०७९ भदौ १७ गते १५:५८

काठमाडौ‌ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको हाे । बैठक आज अपरान्ह साढे ४ बजे बस्दै छ ।

हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । बोर्डले यसअघि भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने र त्यसका लागि भदौ १४ गते बोर्डको बस्ने पूर्व योजना बनाएको थियो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया