सिंगापुरमा ह्वावेको ‘टेक टु बिल्ड योर करियर’

काठमाडौं । विश्वव्यापी अग्रणी ICT प्रदायक ह्वावेले आज सिङ्गापुरमा सीड्स फर द फ्युचर कार्यक्रमको ११औं संस्करणको आयोजना गरेको छ । कार्यक्रमको संयोजनमा पहिलोपटक ह्वावेले सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइन (SUTD) मा टेक टु बिल्ड योर करियर सेमिनार पनि डेब्यु गरेको छ जसको उद्देश्य सहभागीहरूलाई प्राविधिक करियरको भविष्य बारे जान्न र उद्यमशीलतालाई बढावा दिन मद्दत गर्नु हो ।
सिङ्गापुरमा २९ अगस्ट देखि २ सेप्टेम्बरसम्म संचालन हुने सेमिनार सीड्स फर द फ्युचर एक्सेलेरेटर क्याम्पको लागि मुख्य कम्पोनेन्ट हो । सीड्स फर द फ्युचर सन् २००८ देखि ह्वावेद्वारा सञ्चालित ग्लोबल फ्ल्यागशिप CSR परियोजना हो । प्राविधिक इनोभेसन र क्रस-कल्चरल एक्सचेन्जको माध्यमबाट अर्को पुस्ताको लिडरहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ पछिल्लो १४ वर्षमा १३७ देश र क्षेत्रहरूबाट १२,००० भन्दा बढी विद्यार्थीहरूलाई कार्यक्रममा भाग लिन आकर्षित गरेको छ । २०२२ मा ह्वावेले सिङ्गापुरमा सीड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत कुल २०३ सहभागीहरूलाई तालिम दिइसकेको छ ।
ह्वावे एसिया प्यासिफिक सीड्स फर द फ्युचर २०२२ पहिलो पटक अगस्ट १९ मा बैंककमा सुरु भएको थियो । ९ दिने डिजिटल बुट क्याम्पमा एशिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूले थाइल्याण्डमा क्रस-कल्चरल डिजिटल यात्राको आनन्द लिए । १२० मध्ये ७ जना नेपाली सहित ३३ जना एक्सेलेरेशन क्याम्पको लागि छनोट गरिएको थियो । सिंगापुरमा रहँदा उनीहरूले विभिन्न प्राविधिक क्षेत्रका उद्यमी लिडरहरूद्वारा मार्गदर्शन पाउने छन् जसले उनीहरूलाई आफ्ना विचारको व्यावहारिकता र रियलाएजेशन बारे ध्यान दिन प्रेरित गर्नेछ ।
“ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक टु बिल्ड योर करियर सेमिनारले अन्य आसियन देशहरूका नेक्स्ट-जेनका लिडरहरूलाई सिंगापुरमा शीर्ष प्रतिभाहरूसँग जोड्ने छ र इनोभेटिभ आइडियाहरू छलफल गर्न, सेयर गर्न र प्रेरित गर्न इकोसिस्टममा उत्कृष्ट सोचहरूलाई एकै ठाउँ ल्याउनेछ ।” ह्वावे इन्टरनेशनलका प्रबन्ध निर्देशक चार्ल्स छेङले भन्नुभयो, “हामीलाई विश्वास छ कि हाम्रो सामूहिक प्रयासले थप दिगो र प्रगतिशील सिंगापुरमा योगदान पुर्याउनेछ र राष्ट्रलाई दीर्घकालीन रूपमा विश्व-स्तरीय प्रतिभा निर्माण गर्न मद्दत गर्नेछ ।”
टेक टु बिल्ड योर करियर सेमिनार प्रोफेसर लो होङ यी, पिलरका प्रमुख – डेजिग्नेट, एसोसिएट प्रोफेसर र डिजिटल म्यानुफ्याक्चरिङ एण्ड डिजाइन सेन्टर, SUTD का निर्देशकको उद्घाटन मन्तव्यबाट सुरु भयो । आफ्नो मन्तव्यमा उहाँले नयाँ युगले निम्त्याउने सम्भावित अवसर र जोखिमहरू पहिचान गराउनु भयो, साथै विद्यार्थीहरूले आगामी चुनौतीहरूको लागि कसरी तयारी गर्न सक्छन् र आइडिएसनबाट रियलाएजेशनमा कसरी ल्याउन सकिन्छ भनेर सम्बोधन गर्नुभयो ।
प्यानल छलफलबाट समापन गरिएको सेसनले डिजिटल भविष्यमा उद्यमशीलतादेखि डिजिटल युगमा सामुदायिक सिर्जनासम्मका विषयहरू समेटेको थियो । यसले ज्याक याङ, मुख्य अपरेटिङ अफिसर र FOMO Pay का सह-संस्थापक, ARC कम्युनिटीका सह-संस्थापक एलरोय छेओ र द आइडिया को. का सह-संस्थापक र CEO, TEDx सिंगापुरका लागि लिड क्युरेटर र लाइसेन्स होल्डर भिभियन लिम, लगायत प्रतिष्ठित स्वदेशी उद्यमीहरूको समूहलाई एकै ठाउँ ल्याएको छ ।
प्यानलका सदस्यहरूले भविष्यका विकास र ब्लकचेन प्रविधिको प्रयोग वा प्राविधिक-बृद्धि गरिएको समुदाय निर्माणको पर्वाह नगरी आफ्नो लागि सही करियर मार्ग पत्ता लगाउन र कसरी प्रविधिले उनीहरूको सेल्फ-डिस्कभरी यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने बारे आफ्ना व्यक्तिगत अनुभवहरू ब्यक्त गर्नुभयो । उहाँहरूले प्रविधि उद्योग कस्तो देखिनेछ भन्ने बारे भावि दृष्टिकोण पनि प्रदान गर्नुभयो र उहाँहरूले युवा प्रतिभाहरूलाई पछ्याउनका लागि कुन क्षेत्रहरू उपयुक्त हुनेछन् भनेर उद्योगको इनसाइट प्रदान गर्नुभयो ।
Tech4Good को प्रस्तुतीकरण संगै सेमिनार समाप्त भयो जहाँ सहभागीहरूलाई सोलुसन र विचारहरू प्रस्तुत गर्न आमन्त्रित गरिएको थियो । Tech4Good युवाहरूलाई डिजिटलाइजेसनको नवीन प्रवृतिहरू बारे जान्न र डिजिटल प्रविधिहरूले साझा सामाजिक समस्याहरूलाई कसरी सम्बोधन गर्न सक्छ भनी अन्वेषण गर्न मद्दत गर्न डिजाइन गरिएको प्रतिस्पर्धा हो । प्रस्तुतीकरण पूरा भएपछि सहभागीहरूलाई उनीहरूको विचारहरूलाई कसरी बलियो बनाउने बारे थप प्रतिक्रिया र सुझावहरू दिइयो ।
ह्वावे एशिया प्यासिफिक सीड्स फर द फ्युचर Tech4Good प्रतियोगिताको विजेता टिम सेप्टेम्बरमा सीड्स फर द फ्युचर एसिलिरेटर क्याम्पको अवार्ड समारोहमा घोषणा गरिनेछ। शीर्ष १० फाइनलमध्ये एकको रूपमा विजेता टिम आगामी जेनुवरीमा ह्वावे सीड्स फर द फ्युचर Tech4Good ग्लोबल प्रतियोगिताको लागि आफ्नो यात्रा जारी राख्नेछ ।








प्रतिक्रिया