आइतबार, जेठ ६, २०८१

सानिमा बैंकको पीसीएफएसँग साझेदारी

नेपालखोज २०७९ कार्तिक ३ गते १८:४३

काठमाडौं । सानिमा बैंकले पार्टनरसीप फर कार्वन अकाउन्ट्रि (पीसीएफए)सँग साझेदारी गरेको छ, जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ ।

पीसीएफएले विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो ।

पीसीएफएमा विश्वभर छवटा महादेशका तीन सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भइसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने कुरा बताए । सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया