रक्त–तत्वको आपूर्तिमा सहज र सरलताका लागि रक्तदान गर्न आग्रह

काठमाडाैं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न आग्रह गरेकाे छ । डेंगु रोगको प्रकोप बढ्दै गइरहेकाे अवस्थामा रक्त–तत्वहरूको आपूर्तिमा सहज र सरलताका लागि आम स्वयंसेवी रक्तदाताहरूमा रक्तदान गरिदिन समाजले आग्रह गरेकाे हाे ।
‘देशभित्र व्याप्त डेङ्गु रोगको प्रकोप बढ्दै गइरहेको वर्तमान अवस्था सर्वत्र जगजाहेर नै छ, तसर्थ अस्पतालहरूमा उपचारार्थ रहनुभएका बिरामीहरूलाई अत्यधिक मात्रामा रगतबाट तयार पारिको रक्त–तत्वहरू मध्ये पीआरपी (एच्ए)को माग दिनानुदिन बढ्दै गइरहेको अवस्था छ’, समाजले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘यो रोगको उपचारका क्रममा माग गरिने र रक्तदान कार्यक्रम आयोजक संघ/संस्थाहरूलाई रक्तदान कार्यक्रमहरूको आयोजना गरिदिनु हुन पनि नेपाल स्वयंसेवी रक्तदाता समाज हार्दिक अनुरोध गर्दछ ।’
समाजले आफ्नो घरआगन टोल छरछिमेकमा सरसफाइको लागि विशेष ध्यान पुयाउनसमेत आग्रह गरेकाे छ । अझ बढी डेङ्गु रोग फैलाउने लामखुट्टे का लार्भाहरूको विकास हुने स्थान भनेकै कुनैपनि पानी जम्ने ठाउँमा हुनसक्ने भएकोले त्यस्ता ठाउँहरूको पहिचान गरि निर्मूल पार्न पनि समाजले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया