बिहीबार, असार १२, २०८२

योसिँ लिंगो हनुमानढोका परिसरमा पुर्‍याइँदै (तस्बिरसहित)

नेपालखोज २०७९ भदौ १९ गते १३:०६

काठमाडौं । इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्‍याइँदै । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ ।

विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्‍याउने गरिएको छ । -रासस

इन्द्रजात्राका अवसरमा भोटोहिटीमा ल्याएको लिङ्गो आइतबार बिहान शुभसाइत तान्ने क्रममा गुरुजुको पल्टनले बढाइँ दिन तयारी गहेको छ । इन्द्रजात्रा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ ।

प्रतिक्रिया