६ अंकले बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से बढेको छ । नेप्से आज ६ दशमलव ६८ अंकले बढेर १९ सय ७७ दशमलव ३० अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५७ अंकले बढेर तीन सय ८३ दशमलव ७७ अंकमा चढेको छ । दुई सय २७ वटा कम्पनीहरुको २५ हजार ३७ पटकको कारोबारमा २८ लाख ७६ हजार दुई सय ८८ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब सात करोड १६ लाख १५ हजार नौं सय २२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा नौं समूहको सूचक बढेर चार समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ५५ अंकले बढेर १३ सय २८ दशमलव ५८ अंकमा चढेकोमा विकास बैंक समूहको सुचक पनि ५५ दशमलव २४ अंकले बढेर तीन हजार पाँच सय ६४ दशमलव ९१ अंकमा चढेको छ । जलविद्युत समूहको सूचक पनि २१ दशमलव ५२ अंकले बढेर २२ सय ७६ दशमलव ६ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ४७ अंकले बढेर आठ हजार ८५ दशमलव ५० अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ४६ दशमलव १९ अंकले बढेर नौं हजार तीन सय २२ दशमलव आठ अंकले चढेकोमा फाइनान्स, टे«डिङ, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् । होटल तथा पर्यटन समूहको सूचक भने १६ दशमलव ६१ अंकले घटेर २६ सय ४१ दशमलव ९१ अंकमा झरेकोमा उत्पादनमूलक, अन्य र सामुहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज रुरु जलविद्युत् परियोजनाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौं सय ८४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको हुँदा सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ८६ प्रतिशतले घटेर १३ सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ९१ लाख आठ सय ६४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।








प्रतिक्रिया