शुक्रबार, वैशाख ७, २०८१

बुधबार १७ अंकले घट्यो नेप्से परिसूचक, करीब १ अर्ब ५३ करोडकाे काराेबार

नेपालखोज २०७७ साउन ७ गते १५:२०

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.५ अंकले घटेकाे छ ।  कारोबारको शुरुवातबाटै ओरालो यात्रा गरेको नेप्से १७.५ अंकले घटेर काराेबार बन्द भएकाे हाे ।

बुधबार १४५३.१६ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजेसम्म आउदाँ १४३२.४५ को बिन्दुमा पुगेर छ । सेन्सेटीभ सूचक पनि ३.९० अंकले घटेको छ भने १२ उपसूचक मध्य २ उपसूचक मात्र बढे्का छन् ।

त्यस्तै १ सय ८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

प्रतिक्रिया