वाग्मती प्रदेशका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया