सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्ने
नेपालखोज
२०७९ भदौ २२ गते ६:५२

काठमाडाैं । सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँड कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने कार्यदलको बैठक बस्न लागेकाे हाे ।
कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया