सन्दीप लामिछानेमाथि बलात्कारको आरोपमा उजुरी, पक्राउ गर्ने प्रहरीकाे तयारी
नेपालखोज
२०७९ भदौ २२ गते ९:२८

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोपमा उजुरी परेकाे छ । उनीविरुद्ध गत भदौ पाँच गते एक बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको हो । साेही आधारमा पक्राउ गर्नका लागि नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको जनाएकाे छ ।
हाल सन्दीप वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका लागि उतै रहेका छन् । उनलाई आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिने प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया