चौबीस घण्टामा २३० संक्रमित, ७८ जना निको
नेपालखोज
२०७९ भदौ २२ गते १६:२८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २३० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट २ जनाको मृत्यु भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको नमुना परीक्षण गर्दा २३० जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा र १ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार ५०५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया