सिट बाँडफाँडका लागि गठित कार्यदलको बैठक बस्दै, प्रतिवेदन आजै शीर्ष नेतालाई बुझाउने तयारी

नेपालखोज २०७९ भदौ २३ गते ६:२२

काठमाडाैं । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । हिजाे बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बोलाइएको हाे ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बोलाइएको छ । बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आज नै शीर्ष नेताहरूलाई बुझाइनेछ । 

पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ । त्यसका लागि सिट बाँडफाँडसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । 

कार्यदलको बैठकमा सहभागी एक नेताका अनुसार बुधबारको बैठकमा सबै दलहरु आ-आफ्नै अडानमा देखिएका छन् । नेपाली कांग्रेसले १०० सिटवाट ९० मा झरेको छ भने माओवादी केन्द्रले ६०-५० को बिचमा चाहिने अडान रहेको छ। 

त्यस्तै, माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टीले कम्तिमा ३० सिट पाउनुपर्ने दाबी गरेको छ। जसपाले पनि सोही अनुपातमा पाउनुपर्ने अडान राखेको छ।

प्रतिक्रिया