कप्तान सन्दीप लामिछाने क्यानसँग मागे कानुनी सहयोग, लिग सकेपछि नेपाल फर्कने

नेपालखोज २०७९ भदौ २३ गते ११:०४

काठमाडौ‌ । नाबालिगमाथि करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आरोपका विषयमा (क्यान) सँग सहयोग मागेका छन्।

क्यानले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह गरेका हुन् । लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ । अहिले सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।

सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ । यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिग करणी आरोपमा तत्काल केही छानबिन नगर्ने बताइसकेको छ ।

प्रतिक्रिया