कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतकाे अनुमति

नेपालखोज २०७९ भदौ २३ गते १४:२९

काठमाडौं । नाबालिगमाथि करणी गरेको आरोप लागेका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएकाे छ । अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

अहिले सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ । यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिग करणी आरोपमा तत्काल केही छानबिन नगर्ने बताइसकेको छ ।

प्रतिक्रिया