नेपाल प्रहरी र सेनालाई १० दिनभित्र बहाल कर बुझाउन महानगरको पत्र

नेपालखोज २०७९ भदौ २३ गते १७:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र सेनालाई बहाल कर बुझाउन पत्र पठाएको छ । महानगरले नेपाल प्रहरी र सेनालाई १० दिनभित्र सम्म बहाल कर बुझाउन आग्रह समेत गरेको छ ।

वडा कार्यलयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा तहाँको बहाक आम्दानी सहित पत्र प्रप्त भएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेको हो । महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

तेस्तै, महानगरले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहालकर तिर्न पत्रा पठाएको छ ।

प्रतिक्रिया