मंगलबार, पुष ८, २०८२

जावलाखेलमा खुल्याे कोरियन बार्बी क्यु रेष्टुरेन्ट

नेपालखोज २०७९ भदौ २३ गते १८:४४

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्वारा कोरियन बार्र्बी क्यु रेष्टुरेन्टको बुधबार ललितपुरको जावलाखेलमा भव्य कार्यक्रमबीच समुदघाटन समारोह सम्पन्न भएको छ । कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कदै कोरियन बार्र्बी क्यु रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको हो ।

लामो समय कोरियामा कार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङ नेपाल मै पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको जानकारी दिएका छन् । कोरियन खानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरू पस्कदै आएको छ । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो ।

कोरिया रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियनबार्र्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदान गर्दै आएको छ । रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको छ । बजारमा सञ्चालन भईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियन बार्र्बी क्यु रेष्टुरेन्टको खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको छ ।

यहाँ काम गर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउन पाउँदा उत्साहित छन् । विशेष गरी अन्तराष्ट्रिय स्तरको अनुभवले शिपको दायरा फराकिलो बनेको छ जसले उनीहरूको व्यक्तित्व विकासमा अहम भूमिका खेलेको छ ।

कोरियन बार्र्बी क्यु रेष्टुरेन्टमा स्वागत गर्दै यहाँको परिकारको स्वादसँगै केही कमीकमजोरी रहेमा सल्लाह सुझाव दिन कोरियन बार्र्बी क्यु रेष्टुरेन्टले आग्रह गरेको छ ।

प्रतिक्रिया