आइतबार, वैशाख २३, २०८१

कुमारी बैंक र वर्ल्ड लिंकबीच सम्झौंता

नेपालखोज २०८० असार २८ गते १८:३७

काडमाडौं । कुमारी बैंक लिमिटेड र वल्र्डलिंक कम्युनिकेशन लिमिटेडबीच सम्झौंता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई वल्र्ड लिंकमा सेवाहरुमा बिशेष छुट दिनको लागि उक्त सम्झौंता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरु मध्ये वल्र्ड लिंक कम्युनिकेशनको बार्षिक सदस्यता रोज्ने ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने छन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूलले पाँच प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कुमारी स्र्माट मोवाईल बैंकिङ एप वा आफ्नो कुमारी बैंक को डेबिट÷क्रेडिट कार्ड बाट भुक्तानी गर्नुपर्ने छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यो सहकार्य मार्फत वल्ड लिंक कम्युनिकेशनको सुविधाहरुमा छुट मिल्ने व्यवस्था मिलाएको हो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटिएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्र्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले गरेको छ ।

प्रतिक्रिया