९६ वर्षको उमेरमा बेलायतकी महारानीको निधन !
नेपालखोज
२०७९ भदौ २३ गते २३:४९

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डको बालमोरल अस्पतालमा उपचारका क्रममा उनको स्थानीय समयअनुसार बिहीबार साँझ साढे ६ बजे निधन भएको डेली मेलले समाचारमा जनाएको छ ।
स्वास्थ्य बिग्रँदै गएकाले महारानी निरन्तर चिकित्सकको निगरानीमा थिइन् । चिकित्सकहरूले उनको स्वास्थ्यबारे थप चासो व्यक्त गरेपछि महारानीलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले जनाएको छ ।
महारानी सामान्यत: गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्पराअनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा थिइन् ।
सम्बन्धित








प्रतिक्रिया