हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै भारद्धाजले गरे अनशनकाे घोषणा

काठमाडौं । गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्ले नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्नुपर्ने माग राख्दै असोज १ गतेबाट आमरण अनशनकाे घोषणा गरेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले यस्तो घोषणा गरेको हो । परिषद्ले अघि सारेका मागमा सम्पूर्ण पालिकाहरुमा गौवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन आयोग गठन हुनुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गरिनुपर्ने, कालीगण्डकी (कृष्णा–गण्डकी) लाई जीवित आस्था (देवी) का रुपमा स्वीकार गर्दै नेपाल सम्पदा सूचीमा सुचिकृत गरिनुपर्ने र विश्व सम्पदा सुचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने र नेपालका विभिन्न नदीनाला, ताल–तलाउ, कुण्ड आदिमा रहेका परम्परागत घाटहरु (स्नान तथा श्मशान) को व्यवस्थित् निर्माण गरिनुपर्ने माग राखेकाेे छ ।
परिषद्का अध्यक्ष तथा संयोजक प्रेम निधि कँडेल भारद्धाजले सनातन संस्कृतिको संरक्षण गर्न अर्को विकल्प नदेखिएको भन्दै आफूले आगामी असोज १ गतेदेखि नेपालकै मध्यभाग चितवनको भरतपुर महानगरपालिका–१ स्थित हाल नित्य चलिरहेको गण्डकी–नारायणी महाआरतीस्थल नारायाणी नदी किनारमै अनशन बस्ने घोषणा गरे । उनी २०७२ मा पनि यही माग राखी अनशन बसेका थिए ।

प्रतिक्रिया