मुलुकमा विभेदविरुद्धको लडाइँ अझै जारी छ : अध्यक्ष यादव

नेपालखोज २०७९ भदौ २५ गते १७:२६

जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त सङ्घीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् ।

जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले सङ्घीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्न कहिल्यै कदम पछाडि नहटाउने प्रतिबद्धतासमेत व्यक्त गरे । मुलुकमा विभेदविरुद्धको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सहिदहरूले देखाएको बाटो आफूहरूको मार्गनिर्देशन रहेको उल्लेख गरे ।

मधेस आन्दोनलका क्रममा विसं २०७२ भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रमअन्तर्गत प्रहरीको गोली लागि सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । विसं २०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि सञ्जय चौधरी, दिलीप यादव र नितु यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया