नवलपरासीमा आगलागीबाट १३ लाखको क्षति
नेपालखोज
२०७९ भदौ २६ गते ८:१४

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाख रूपैयाँ बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठककाअनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी भएको थियो । स्थानीय ३७ वर्षीय राजकुमार महतोको चारकोठे कच्ची घरको किराना पसलमा विद्युत् सर्ट भई आगाली भएको सूचना अधिकारी पाठकले बताए ।
आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया