शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०७९ भदौ २६ गते १०:४४

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया